असार २६, २०८२ बिहिबार July 10, 2025

नेप्से परिसुचक ४९ अंकले बढ्यो

सोमबारको शेयर कारोबारसँगै नेप्सेको पुँजीकरण ४३ खर्ब ८० करोड नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेको छ ।

सोमबार नेप्सेमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार हुँदा ४९.१२ अंकले नेप्से बढेर १.८९ प्रतिशतले पुँजीकरणमा वृद्धि भएको हो ।

सोमबार भएको शेयर कारोबारमा २२६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२ वटाको घट्यो । त्यस्तै ४ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

सोमबार नेप्सेमा भएको शेयर कारोबारमा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आम्दानी गरे भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सोमबारको शेयर कारोबारसँगै नेप्सेको पुँजीकरण ४३ खर्ब ८० करोड नाघेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया