श्रावण १६, २०८३ शनिबार August 1, 2026

कोरोना भाइरसबाट काठमाण्डौं, वीरगन्ज र धरानमा तीन जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व महामारी (कोभिड १९) कोरोना भाईरसका कारण काठमाडौं, वीरगन्ज र धरानमा तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं, वीरगन्ज र धरानमा उपचाररत तीन जनाको मृत्यु भएको जानकारी दिए ।

काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत बाराको फेटा-३ का ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको छ ।

यसैगरी वीरगन्ज-१० मा बस्दै आउनुभएका ६५ वर्षीय भारतीय नागरिकको गण्डक अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँ मुटु तथा मधुमेहसम्बन्धी रोगतबाट पीडित हुनुहुन्थ्यो ।

यसैगरी धनुषा सहीदनगर-८ निवासी ३६ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा मृत्यु भएको छ ।

ज्वरो, खोकी र स्वासप्रस्वास समस्या भएपछि साउन १० गते गते जनकपुर अस्पताल भर्ना हुनुभएका उहाँलाई थप समस्या भएपछि धरान लगिएको थियो ।

तीन जना थपिएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार