असार २२, २०८२ आइतबार July 6, 2025

चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इङ्ग्लिस प्रिमियर लिग (आईपिएल) मा चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

आईतबार राति भएको लिग चरणको अन्तिम खेलमा जित निकाल्दै चेल्सी र म्यानचेस्टर युनाइटेड अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका हुन् ।

चेल्सीले उल्भ्स र म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई समान २-० गोल अन्तरले हराएर यस सिजनकाे शीर्ष चारमा पर्न सफल भएका छन् । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा छनोट हुन दुबै टिमलाई जित्नुपर्ने दबाब थियो ।

म्यानचेस्टरले ६६ अङ्कसहित तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्यो । समान अङ्क जोडेको चेल्सी गोल अन्तरका आधारमा चौथो स्थानमा रहन सफल भयो । लिगको उपाधि यसअघि नै लिभरपुलले जितिसकेको थियो । म्यानचेस्टर सिटी ८१ अङ्कसहित दोस्रो स्थानमा छ ।

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति नै भएको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । आर्सनलले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । अर्को खेलमा टोटेनहमले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया