श्रावण १६, २०८३ शनिबार August 1, 2026

डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गर्ने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः मन्त्रिपरिषद्को बैठकले विभिन्न पदमा नियुक्ती गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरेको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।

सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धि बहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये केसीलाई निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट कार्यकारी निर्देशक नियुक्त केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक पदमा कार्यरत रहेका थिए । रेडियो नेपालको इतिहासमा पहिलो पटक कार्यरत कर्मचारीबाटै कार्यकारी निर्देशक बन्न सफल केसी व्यवसायिक कर्मचारीका रुपमा चिनिन्छन् ।

सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। वरिष्ठ सहसचिव मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। प्रदेश नं ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मरासिनीलाई सचिव बनाउने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मरासिनी गरी तीन जनाको नाम सिफारिस गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार