श्रावण १६, २०८३ शनिबार August 1, 2026

विचाराधीन मुद्दामा भ्रम सिर्जना हुने गरी टीकाटिप्पणी नगर्न सर्वोच्चको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैः सर्वाेच्च अदालतले अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध गरेको छ ।

‘न्यायपालिकाका काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीका टिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउने सक्नेतर्फ ध्यान जान जरुरी हुन्छ’, सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

अदालतको फैसला वा आदेशलाई लिएर स्वच्छ टिप्पणी वा आलोचना र प्राज्ञिक छलफल वा बहस हुन सक्नेतर्फ अदालत सदैव सकारात्मक रहेको सर्वाेच्चले विज्ञप्तीमा भनेकाे छ । न्यायपालिकाको काम कारबाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी गर्दा न्यायपालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन सर्वाेच्चले उल्लेख गरेको छ ।

साथै सर्वाेच्च अदालतले अदालतबाट भएका काम कारबाहीका बारेमा विगत केही दिनदेखि प्रवाह भइरहेका समाचार, टीका टिप्पणी र गतिविधिको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय श्रीमतीको हत्याका दोषी पूर्वडीआईजी रञ्जन कोइरालाको सजाँय घटाउने लगायतका सर्वाेच्चको आदेशलाई लिएर सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ
२०८३ श्रावण १६, शनिबार
सामाजिक सद्भाव विरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न मुख्यमन्त्री शाहको निर्देशन
२०८३ श्रावण १६, शनिबार
रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीन जनाको मृत्यु, दर्जनौँ घाइते
२०८३ श्रावण १६, शनिबार
राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन
२०८३ श्रावण १६, शनिबार
प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहेको मोदीको भनाइ
२०८३ श्रावण १६, शनिबार
धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
२०८३ श्रावण १६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १६, शनिबार