काठमाडौं । आज पुस २८ गते नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया