काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। माघ महिनाको पहिलो दिन आज सुन मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो।
सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ४० रुपैयाँले घटेर तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया