असार २९, २०८२ आइतबार July 13, 2025

माओवादी केन्द्र सहित विपक्षी दलहरुको बैठक बस्दै

सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ । बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, सबै विपक्षी दलहरूलाई बोलाइएको छ सायद सबै आउनुहुन्छ । बैठकमा सरकारको कार्यशैली संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल हुनेछ। पछिल्लोपटक जारी भएको अध्यादेशको विषयमा पनि छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको उनको भनाइ छ ।

सरकारले चारवटा अध्यादेश ल्याएपछि विपक्षी दलहरू पहिलोपटक जुट्न लागेका हुन्।

अहिलेसम्म विपक्षी दलहरूले आफ्नोआफ्नो पार्टीमा समेत छलफल गरेको बुझिएको छ। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका सन्दर्भमा विपक्षी दलहरू सबै रुष्ट छन्।

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै ओलीको कडा आलोचना भएका बेलामा माओवादी केन्द्रले विपक्षीहरूलाई एक ठाउँमा भेला गर्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया