काठमाडौंः काँग्रेस-एमालेको गठबन्धन सरकार विरुद्ध रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक शुरु भएको छ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेर अगाडी शुरु भएको बैठक जारी रहेको हो।
सरकारविरुद्धको रणनीतिबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक सारेर संयुक्त बैठक बोलाएका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले सरकारबाहिर रहेका दलहरुको साथ लिन खोजेका छन् ।
बुधबार बिहान साँढे ९ बजेबाट सुरु भएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्।
आज दिउँसो नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको छ । समाजवादी मोर्चा लामो समयदेखि निष्क्रिय छ । समाजवादी मोर्चा सक्रिय बनाउने विषयमा केही दिन अगाडि प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया