माघ २७, २०८१ आइतबार February 9, 2025

पेट्रोल र डिजेलको मूल्य बढ्यो (नयाँ मूल्य सूची हेर्नुहोस्)

डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपियाँ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, माघ २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । माघ ३ गते विहान १ बजेदेखि बृद्धिभएको मूल्य लागुहुने निगमले जनाएको छ ।

निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार पेट्रोलको मूल्यमा २ रुपियाँ बृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा ३–३ रुपियाँको दरले बृद्धि भएको छ । इण्डियन आयल कर्पोरेशनले १५ जनवरी २०२५ बाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यसूचि पठाएपछि सोअनुसार मूल्य बृद्धि भएको निगमका प्रवक्ताको भनाइ छ ।

बृद्धि मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १६५ रुपियाँसम्म पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १५६ रुपियाँ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया