मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

बरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण निन्दनीय : एमाले

बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) ले सहकारी ठगी प्रकरणमा बिपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै बरिष्ठ अधिबक्तामाथि भएको आक्रमणको निन्दा गर्दै दोसीमाथि कडा कार्वाहीको माग गरेको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले बिहीवार बिज्ञप्ति जारी गर्दै बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कार्वाहीको माग गर्नुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ताले सभापति रबि लामिछानेको बिपक्षमा बहस गरेको भन्दै बुधवार जिल्ला अदालत काठमाडौं परिसरमा नै आक्रमण गरेका थिए । एमालेले सो घटनाको बिरोध गर्दै निष्पक्ष छानविनको माग गरेको छ । बिज्ञप्तिमा भनिएको छ,  ‘मिति २०८१ माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमलाजस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

जाहेरवालाको तर्फबाट वहस गरेकै आधारमा वहस पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहबाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको एमालेले खेद ब्यक्त गरेको  प्रमुख गौतमले उल्लेख गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार