भाद्र १, २०८३ सोमबार August 17, 2026

नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण

बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

उदयपुर (गाईघाट) ४ माघः त्रियुगा नगरपालिका–११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्थानबाट स्थायी तटबन्धन निर्माण सुरू गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

उक्त स्थायी तटबन्धनको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले औपचारिक शिलान्यास गरेपछि तटबन्धन निर्माणकार्य सुरू भएको हो । गाईघाटस्थित शिवालय टोलबाट मदन भण्डारी मार्गको बरूवा खोलाको पुलसम्म झण्डै डेढ किलोमिटर लामो तटबन्धन निर्माण औपचारिक रूपमा सुरू भएको छ ।

सङ्घीय सरकार जलस्रोत तथा सिँचाइ मन्त्रालयले रू एक करोड बजेट व्यवस्थापन गरेपछि ६० मिटर लम्बाइको पक्की तटबन्धन निर्माण गरिन लागेको त्रियुगा नगरपालिकाका प्रमुख बस्नेतले बताउनुभयो । रू एक करोडसम्मको बजेट योजना उपभोक्ता समिति गठन गरेर सञ्चालन गर्न सकिने हुनाले तटबन्धन निर्माणकार्य यहाँका स्थानीयको अगुवाइमा उपभोक्ता समिति गठन गरेर सुरू भएको हो ।

यसपटकको बजेटले ६० मिटर तारजाली ढुङ्गासहितको तटबन्धन निर्माण हुने र स्थायी कलभर्ट निर्माण गर्न लागिएको त्रियुगाले जनाएको छ
। शिवालय, साकेलासहित सङ्गम टोल बर्सेनि बरूवा नदी कटानको उच्च जोखिममा परेपछि तटबन्धन निर्माण सुरू गरिएको हो । यसबाट गाईघाट क्षेत्रका आठवटा टोलका झण्डै १० हजार बासिन्दा कटानको जोखिमबाट सुरक्षित हुने अवस्था रहेको बताइन्छ ।

विसं २०२९ मा पहिलोपटक बरूवा नदीले यस क्षेत्रमा कटान गर्दा यहाँका ६० घर विस्थापित भएका थिए भने गाईघाट बजारसहितका सय घरपरिवार विस्थापित भएको त्रिुगा नगरपालिकाले जनाएको छ । यस्तै, २०३७ सालको कटानले ४० घर विस्थापित भएका थिएभने २०५७ सालको कटानले १० घर विस्थापित भएका थिए । त्यसपछिका दिनमा अस्थायी तटबन्धन निर्माण गरेर तत्कालका लागि कटान रोक्ने काम हुँदै आएको त्रियुगा नगरपालिकाले बताएको छ ।

बजेटको अभावमा त्रियुगा नगरपालिका, सङ्घीय सांसदसहितको सहयोग तथा पहलमा बजेट व्यवस्थापन सुरू भएपछि अब ५० वर्षपछि बरूवा नदीमा स्थायी तटबन्धन निर्माण सुरू भएको त्रियुगा नगरपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार