भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

बामदेवलाई भेटन भै‌ंसेपाटी पुगे प्रधानमन्त्री ओलीः पार्टी फुट्न नदिने विषयमा परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल भएको हो । उनको साथमा पार्टी महासचिव विष्णु पौडेलल पनि सहभागी भएका थिए ।

नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छलफल भएको भैँसेपाटी स्रोतको दावी छ । नेता गौतमले पार्टी एकता कायमै राख्नेगरी ६ बुँदे प्रस्ताव अघि सारेपछी अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा आईस ब्रेक गर्ने बिषयमा केन्द्रित रहेर छलफल भएको बताईएको छ । प्रधानमन्त्री ओली पत्नि राधिका शाक्य सहित गौतम निवास पुग्नुभएको थियो । उहाँहरू साँझ ९ बजे गौतम निवासबाट बाहिरिनुभयो हो ।

भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेपनि राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गर्नुभएको सचिवालयको दावी छ ।

विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले प्रधानमन्त्रीलाई दिनुभयो । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राख्नुभएको ६ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिनुभएको बुझिएको छ । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।

नेकपामा पछिल्ल्लो समय विवाद बढ्दै गएपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहको स्थायी समिति बैठक बसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त
२०८३ भाद्र १२, शुक्रबार