काठमाण्डाैंः नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला (ज्वाला) र सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको सपथ खाएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनार (विश्वकर्मा)ले उनीहरुलाई आज बुधबार पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
खेलकुद मन्त्रालयमा बुधबार (१४ साउन) आयोजित सपथ ग्रहण कार्यक्रममा उपाध्यक्ष र सदस्यसचिवलाई सपथ खुवाइएको हो । सो अवसरमा मन्त्रालयका सचिवले उपाध्यक्ष र सदस्यसचिवलाई नियुक्तिको प्रमाणपत्र प्रदान गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया