असार २६, २०८२ बिहिबार July 10, 2025

सुन चाँदीको भाउ घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल १ लाख ५९ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया