असार २४, २०८२ मंगलबार July 8, 2025

कृषि विश्वविद्यालयमा डीन नियुक्त

विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १० माघः कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा डा भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा वासुदेव पोखरेल नियुक्त हुनुभएको हो ।

परिषद्ले प्रा डा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया