माघ २७, २०८१ आइतबार February 9, 2025

सुन चाँदीको मूल्य आज पनि बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलामा १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको भाउ तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी १ हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया