असार २४, २०८२ मंगलबार July 8, 2025

विद्यालयको गेटको ढोका भाँचिदा एक विद्यार्थीको मृत्यु

कक्षा दुईमा अध्ययनरत समीर चौधरी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी ११ माघः कैलालीको कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको गेटको ढोका भाँचिएर बिहीबार कक्षा एकमा अध्ययनरत सात वर्षीय स्थानीय प्रवेश रानाको मृत्यु भएको छ भने एक अर्का विद्यार्थी घाइते छन् ।

विद्यालयको मूल गेट खोल्ने क्रममा फलामे ढोका भाँचिएर रानाको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बताए ।

प्रधानाध्यापक चौधरीका अनुसार गम्भीर घाइते भएका प्रवेशलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । कक्षा दुईमा अध्ययनरत समीर चौधरी घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया