श्रावण २१, २०८३ बिहिबार August 6, 2026

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा

सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर, १४ माघ । दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका ९६ जना किशोरीलाई खोप लगाइने उनले बताए ।

यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ ।

कार्यक्रमका लागि पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्था र विद्यालयलाई खोप केन्द्र निर्धारण गरिएको छ । खोप कार्यक्रम सञ्चालनका लागि ३४ स्वास्थ्यकर्मी, ६६ जना महिला स्वास्थ्य स्वयंसेविका तथा शिक्षक परिचालन गरिनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
२०८३ श्रावण २१, बिहिबार
‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने
२०८३ श्रावण २१, बिहिबार
धनुषामा गत आवमा ५७ किमी सडक ढलान
२०८३ श्रावण २१, बिहिबार
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच भेटवार्ता
२०८३ श्रावण २१, बिहिबार
राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान लागू, मुख्यसचिवले पाउने भए ९० हजार ५९४ रुपैयाँ (सूचीसहित)
२०८३ श्रावण २१, बिहिबार
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
२०८३ श्रावण २१, बिहिबार
देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने
२०८३ श्रावण २१, बिहिबार