फागुण ५, २०८१ सोमबार February 17, 2025

कर्णाली प्रदेश सभा बैठक माघ २५ गतेसम्म स्थगित

वार्षिक १० हजार युवालाई रोजगारी दिने उद्देश्यले प्रस्ताव गरिएको कार्यक्रमलाई अगाडि नबढाइएको माओवादी केन्द्रको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। कर्णाली प्रदेश सभाको बैठक माघ २५ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कर्णाली समृद्ध कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बैठक अवरुद्ध गरेपछि स्थगन भएको हो ।

नेकपा माओवादी केन्द्रले वार्षिक १० हजार युवालाई रोजगारी दिने उद्देश्यले प्रस्ताव गरिएको कार्यक्रमलाई अगाडि नबढाइएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आएको छ । प्रमुख सचेतक कृष्ण जिसीका अनुसार, सरकारले प्रतिपक्षीले उठाएका मागलाई गम्भीरतापूर्वक नलिएको कारण बैठक अवरुद्ध गरिएको हो।

सरकारले भने उक्त माग पूरा गर्न असमर्थ रहेको बताएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णाली समृद्ध कार्यक्रम नीति तथा कार्यक्रम र बजेटमा समावेश नभएकाले माग पूरा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले यो कार्यक्रम माओवादी केन्द्रकै नेतृत्वमा अघि सारिएको भए पनि आवश्यक कानूनी प्रक्रिया पूरा नगरिएको उल्लेख गरे ।

सरकार र प्रतिपक्षबीचको सहमति टुंगोमा पुग्न नसकेकाले मंगलबार बोलाइएको बैठक अर्को साता मात्र सञ्चालन हुने निर्णय गरिएको हो । छलफल जारी रहेको र समाधानका लागि पहल भइरहेको सरकारको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया