काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १४ सय रुपैयाँ बढेको हो।
मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आज एक हजार आठ सय ५५ रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया