असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री थापा

शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।

बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान पुर्‍याउँदै आएको बताएका हुन्।

मन्त्री थापाले पोखरा–९ नयाँबजारस्थित महेन्द्र मावि, पोखरा–१६ छहरेपानीस्थित ज्ञानज्योती मावि तथा पोखरा–२२ पुम्दिभूम्दिस्थित शुक्रराज माविको वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सहभागि हुँदै शिक्षालाई समृद्धिको आधारका रूपमा अघि बढाउन आवश्यक रहेको बताए।

‘विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको समर्पण र अभिभावकहरूको साथ देख्दा नेपाली शिक्षाको उज्ज्वल भविष्य प्रति अझ आशावादी बन्ने अवसर मिल्यो। गण्डकी प्रदेश सरकारले शिक्षाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको छ’, उनले भने।

प्रदेश सरकारले घोकन्ते विद्या भन्दा पनि सीपमुलक शिक्षामा जोड दिएको भनाई उनको छ। सिक्दै कमाउँदै, अभिभावक शिक्षा, फ्राइडे फर फ्युचर जस्ता महत्वपूर्ण कार्यक्रमले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उनले उल्लेख गरे। उदाहरणीय सामुदायिक विद्यालयको उदाहरण प्रस्तुत गर्दै मन्त्री थापाले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गरे।

‘पोखराका कतिपय विद्यालयहरुमा व्यवहारिक शिक्षा प्रदान गरिरहेको देखियो। जुन आजको आवश्यकता हो। हरेक विद्यालयमा अब व्यवहारिक शिक्षाको खाँचो छ। विद्यार्थीलाई नैतिक शिक्षा प्रवाह गरि जीविकोपार्जनमा सहज बनाउने बाटो तर्फ विद्यालय केन्द्रित हुन आवश्यक छ’, उनले भने।

मन्त्री थापाले विद्यालय प्रशासनलाई सफल कार्यक्रमका लागि बधाई दिँदै सम्पूर्ण विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गरेका छन्।
तीन विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने विद्यालयका प्रगतिबारे जानकारी गराइएको थियो। स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा शिक्षाको प्रवद्र्धन तथा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा वक्ताहरुले बालेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार