असार २३, २०८२ सोमबार July 7, 2025

आज देशका यी स्थानमा हुँदैछ भारी बर्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले आज  देशका बिभिन्न स्थानमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको बताएको छ । आज शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको जनाएको हो ।

विभागका अनुसार आज दिउँसोपछि देशको प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक-दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

त्यस्तै आज राति पनि देशका  प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।  देशका केही स्थानमा ठुलो पानी पर्ने हुनाले बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया