असार २४, २०८२ मंगलबार July 8, 2025

देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने मन्त्री यादवको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । खानेपानी मन्त्री प्रदीप यादवले देशभरका सामुदायिक विद्यालयमा निःशुल्क रूपमा शुद्ध तथा सफा खानेपानीको व्यवस्था गरिने बताउनुभएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–१३, राधेमाईस्थित ‘साउथ जोन स्कुल’को १६औँ वार्षिकोत्सव समारोहमा मन्त्री यादवले सामुदायिक विद्यालयमा खानेपानीका धारा जडान गर्ने तयारी भइरहेको बताउनुभयो । यसबारे शिक्षा मन्त्रालयसँग समन्वय गरिनुका साथै शिक्षा मन्त्रालय र खानेपानी मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको उहाँको भनाइ थियो ।

सो अवसरमा ‘साउथ जोन स्कुल’का प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयबारे मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।

यसैबीच, मन्त्री यादवले आजै बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नवौँ वार्षिक साधारण सभामा सुनकोशी र हेटौँडास्थित राप्तिखोलाको पानी ल्याएर मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो । मधेसमा मुहान सुक्दै गएकाले पानीको समस्या हुनसक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सप्तरीदेखि पर्सासम्म सुनकोशी डाइभर्सनमार्फत पानीको व्यवस्था गर्न ऊर्जा मन्त्रालयसँग समन्वय गरिरहेको मन्त्री यादवको भनाइ थियो ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया