श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपाली चलचित्र ‘पहाड’ को छायाङ्कन शुरु

तुलशी घिमिरे पुनः चलचित्र निर्देशनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, माघ २३ गते । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ को बुधबारदेखि सुरू गर्नुभएको छ । गोरखा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरेको दृश्यलाई खिच्दै छायाङ्कन सुरू गरिएको हो ।

निर्देशक घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिनसम्म गरिनेछ ।

उहाँले भन्नुभयो, “अहिलेको समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्‍याउने कथा तयार भएको छ । मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको चलचित्रमा नयाँ र पुरानो दुवै पुस्तासँग काम गर्न पाउँदा उत्साहित छु । पुनः चलचित्र निर्देशनमा सक्रिय हुँदा छुटै ऊर्जा प्राप्त भएको छ ।”

यस चलचित्रबाट निर्देशक घिमिरेको छोरी पञ्चमी घिमिरेले अभिनयको सुरुआत गर्नुभएको छ । चलचित्रकर्ममा छोरीको आगमनले आफूलाई खुसी लागेको निर्देशक घिमिरेले बताउनुभयो ।

“आफू भएको पेसामा सन्तान आउँदा वा विश्वास गर्दाको खुसी व्यक्त गर्न सकिँदैन । अन्य पेसा झैँ हामी चलचित्रकर्मी पनि आफ्नो सपनालाई सन्तानले अगाडि बढाएको हेर्न चाहन्छौँ ”, निर्देशक घिमिरेले भन्नुभयो ।

यस चलचित्रमा नागरिकको दायित्व र देशको आवश्यकतालाई चित्रण गरिएको छ । ओजस्वी केसी निर्माता रहेको सो चलचित्रलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहनुभएको छ । चलचित्रमा विपिन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन् । यसमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार