कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदै

नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । असार महिनामा नेपाली चलचित्र निकै कम प्रदर्शन हुन्छन् । वर्षातको मौसमको भएकाले पनि निर्माता तथा निर्देशकले यो महिनामा निकै कम चलचित्र प्रदर्शन गर्ने गरेका छन् । यस पटक पनि यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ ।

नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिए ।

उनले भने, “हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउनेछ । हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । चलचित्रले नेपालीपन प्रति माया र एकताको सन्देश दिन्छ । यसलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिन सकिन्छ ।”

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुगेका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताए । उनका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालय स्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ ।

“हाम्रो विषयवस्तुले मनोरञ्जनसँगै शिक्षा पनि दिन्छ । नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको हो । हामीले आफ्नो भाषा र संस्कृतिबारे बाल्यकालबाटै नयाँ पुस्तालाई जानकारी दिनु जरुरी छ”, निर्देशक प्रधानले भने ।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार
चीन भ्रमण गर्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा
२०८३ कार्तिक ११, बुधबार