असोज ३०, २०८३ शुक्रबार October 16, 2026

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने पहिलो बने रघुवंशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० असोजः क्लासिक कल्चर सेन्टरका संस्थापक अध्यक्ष ललितपुर जिल्ला निवासी स्वजन रघुवंशीले नेपाली नृत्य विद्यामा विद्यावारिधि हासिल गर्नुभएको छ ।

उहाँले भारतको छत्तीसगढ, खेरागढस्थित राजकुमारी इन्दिरा सिंह कला सङ्गीत विश्वविद्यालयबाट नृत्य विषयमा विद्यावारिधि गर्नुभएको हो । नेपालमा नृत्य विषयमा विद्यावारिधिको उपाधि हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

रघुवंशीले नेपाली लोकनृत्य, चर्या नृत्य, कथक र भरतनाट्यम लगायत विभिन्न नृत्यशैलीमा अध्ययन, प्रशिक्षण प्रस्तुत गर्नुभएको थियो । विद्यावारिधी अघि उहाँले सृजना कलेज अफ फाइन आट्र्स, लाजिम्पाटबाट नृत्यमा स्नातक तथा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट भारतनाट्यम नृत्यमा स्नात्तोकत्तर गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार
चिकित्सा शिक्षा आयोगको बैठक सिंहदरबारमा सुरु
२०८३ असोज ३०, शुक्रबार