काठमाडौं। नेपाली कथानक चलचित्र ‘झिङ्गेदाउ–२’ को आज प्रिमियर आयोजना गरिएको छ। ललितपुरको पुल्चोकस्थित लाबिम मलमा रहेको क्यूएफएक्स सिनेमाजमा बुधबार साँझ ७ बजेदेखि चलचित्रको प्रिमियर सुरु भएको हो।
कपनगढी सिनेमा प्रालि र फिल्म र्क्यु नेपाल प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित यो चलचित्र यही असोज २ गतेदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउँदै छ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्टका साथै आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ।
सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन्। अघिल्लो शृङ्खला ‘झिङ्गेदाउ’ले दर्शकको मन जित्न सफल भएका कारण यसको दोस्रो भागप्रति पनि दर्शक र चलचित्रकर्मीमाझ निकै चासो देखिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया