कार्तिक ९, २०८३ सोमबार October 26, 2026

दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)

सानु सुर्खालीको ‘यो साल माइती आइन’ तीज गीत सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं बेथेलकी संस्थापक अध्यक्ष तथा गायिका सानु सुर्खाली श्रेष्ठको नयाँ तीज गीत ‘यो साल माइती आइन’ सार्वजनिक भएको छ। दुई दशकभन्दा लामो समयदेखि लोकसंगीतमा सक्रिय सुर्खालीको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

तीजको सांस्कृतिक भावनासँगै महिलाले भोग्नुपरेका पारिवारिक तथा सामाजिक अवस्थालाई विषय बनाइएको गीतमा घरायसी समस्याका कारण माइती जान नपाएकी चेलीको पीडा र माइतीप्रतिको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतमा चर्चित सर्जक शिव हमालको शब्द तथा जय देवकोटाको संगीत र एरेन्ज रहेको छ। सुर्खालीले आफ्नै स्वरमा प्रस्तुत गरेको गीतले तीजको उत्सवसँगै चेली–माइतीबीचको भावनात्मक सम्बन्धलाई समेत उजागर गरेको छ।

गीतको भिडियो मदन खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियोमा तारा केसी, सानु सुर्खाली, लक्ष्मण चौलागाईं, रती खत्री, अन्जान श्रेष्ठ, उज्ज्वल थापा र निरुता बयलकोटीले अभिनय गरेका छन्।

लोकसंगीतमा लामो समयदेखि सक्रिय सुर्खालीका यसअघि ‘सेल्फी हान्दै’, ‘बटौली’ र ‘हुइकाउँदै गाडी’ लगायतका गीत चर्चामा आएका छन्। नयाँ गीतमार्फत उनले तीजको मौलिक संस्कृति र चेलीहरूको भावनालाई संगीतसँग जोड्ने प्रयास गरेकी छन्।

‘यो साल माइती आइन’ले मनोरञ्जनसँगै माइती जान नपाएका चेलीहरूको मनोभाव र पीडालाई समेत आवाज दिने भएकाले यस वर्षको तीजमा श्रोतामाझ फरक भाव बोकेको गीतका रूपमा प्रस्तुत भएको छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार