कार्तिक ७, २०८३ शनिबार October 24, 2026

निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

म्युजिक भिडियोमा चर्चित कलाकार निरुता सिंह, प्रकाश सपूत र बिन्दु बोहोराको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौं, भदौ २२ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका निशा सुनारको नयाँ लोक–सांगीतिक कोसेली ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ।

नेपाली मौलिकता, आकर्षक शब्द–संगीत तथा श्रव्य–दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ।

गीतमा गायिका निशा सुनारसँगै लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतको स्वर रहेको छ। गीतको शब्द र संगीत प्रकाश सपूतकै रहेको छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन्।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार निरुता सिंह, प्रकाश सपूत र बिन्दु बोहोराको अभिनय देख्न सकिन्छ। सुनील बीकेको निर्देशनमा तयार गरिएको भिडियोमा नेपाली पहिरन, संस्कृति र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

मिठासपूर्ण स्वर, कर्णप्रिय संगीत र उत्कृष्ट छायांकन तथा प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।

नेपाली लोक संस्कृतिको सुन्दर पक्षलाई समेटिएको ‘लाली लपक्कै सारी सपक्कै’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ। गीतले नेपाली संगीतप्रेमीमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार