असार २८, २०८२ शनिबार July 12, 2025

मधेशका जनतालाई सङ्गठित गर्न केन्द्रको ध्यान पुगेकाे छ : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रको रणनीति मधेश केन्द्रित रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, माघ २८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशका जनतालाई सङ्गठित गर्ने तर्फ पार्टीको विशेष ध्यान रहेको बताउनुभएको छ ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्रको रणनीति मधेश केन्द्रित रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “केन्द्रिय समितिको बैठकपछि म मधेश आउँदा जनतामा सकारात्मक सन्देश प्रवाहित भएको देखिन्छ । अब मधेशका जनतालाई सङ्गठित गर्दै परिचालित गर्ने हाम्रो योजना छ ।”

उहाँले पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार हुलाकी मार्ग क्षेत्रमा ‘माओवादी जागरण अभियान’ सञ्चालन गरिने जानकारी दिनुभयो । उक्त अभियान एक महिनासम्म सञ्चालन गरिने र यस क्रममा भाषण मात्र नभई स्थानीय बासिन्दा, नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष संवाद गरिने उहाँले बताउनुभयो ।

साथै, अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सभामा बहुमत हाँसिल गर्न कठिन रहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यदि जनता समाजवादी पार्टीले आफ्नो अडान नछाडेमा सरकारका तर्फबाट पेश गरिएका अध्यादेशहरू पारित नहुने अवस्था सिर्जना हुनेछ । उहाँले वर्तमान सरकार सुशासनका पक्षमा नभइ त्यसको विरोध रोक्न गठन गरिएको आरोप लगाउँदै भन्नुभयो, “यो सरकार संविधान मिचेर बनाइएको छ । दुई ठूला दल मिलेर सरकार बनाउने संवैधानिक व्यवस्था छैन ।”

अध्यक्ष दाहालले संसदमा विभिन्न अध्यादेशहरू रोकिएका विषयमा सरकारको नीतिको आलोचना गर्नुभयो । उहाँका अनुसार, सरकार संसद बोलाउनुपर्ने समयमा अध्यादेश ल्याउनु गलत हो, विशेष गरी भूमि सम्बन्धी अध्यादेशको उद्देश्य नै शंकास्पद देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार