असार २८, २०८२ शनिबार July 12, 2025

सङ्कट टार्न कांग्रेससँग सहकार्य : वरिष्ठ उपाध्यक्ष पोखरेल

सङ्कट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ २८ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र सङ्कटमा पर्दै गएपछि नेपाली कांग्रेससँग सहकार्य गर्नुपरेको बताउनुभएको छ ।

सर्लाही सदरमुकाम मलङ्गवामा सोमबार एमालेको वडा केन्द्रित तीन महिने अभियान सम्वन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले कांग्रेससँग सहमती र प्रतिस्पर्धाको दुवै पाटोलाई बुुझ्नुुपर्ने बताउनुुभयो ।

राष्ट्रिय सङ्कट आउँदा सहकार्य र सामान्य अवस्थामा कांग्रेससँग प्रतिस्पर्धा नै हुने पोखरेलको भनाइ छ । सरकार बन्न नै सङ्कट, विकास ठप्प र विदेशी हस्तक्षेप बढेपछि ती सङ्कट समाधान गर्न कांग्रेससँग सहकार्य गरिएको वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अगुवा कार्यकर्तालाई प्रष्ट पार्नुभयो । उहाँले २०८४ को निर्वाचनमा बहुमत ल्याएर राष्ट्र बनाउने र देशलाई स्थिरता दिने एमालेको योजना रहेको सुनाउनुुभयो ।

पोखरेलले माओवादीप्रति लक्षित गर्दै फेरि म्याजिक नम्बरमा देश गए बर्बाद हुने बताउनुुभएको छ । एमालेलाई जरो तहसम्म मजबुद बनाउन वडा केन्द्रित तीन महिने अभियान सञ्चालन गरिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले उल्लेख गर्नुभएको छ ।

कार्यक्रमलाई पार्टीको सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, पार्टीका नेता एवं पूर्व मन्त्रीद्वय लीलानाथ श्रेष्ठ र हरिप्रसाद उप्रेती, मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतले सम्बाेधन गर्दै अभियानलाई सफल बनाउन अगुवा नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

जनताका गुनासा तथा समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र साथसाथै पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यसहित वडा केन्द्रीत तीन महिने अभियान सञ्चालन गर्न लागिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिनुुभयो । सर्लाहीमा २० पालिकाका दुई सय वटै वडामा यो अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार