असार २८, २०८२ शनिबार July 12, 2025

जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक छः महामन्त्री थापा

आफ्नो जिम्मेवारीअनुसार पार्टीहितमा काम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस खैरहनी नगर समितिले आज यहाँ आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय स्थापित गरी परिणाममुखी काम गर्न आग्रह गरे।

नेपाली कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको हैसियत बराबर रहेको भन्दै महामन्त्री थापाले आफ्नो जिम्मेवारीअनुसार पार्टीहितमा काम गर्नुपर्नेमा जोड दिए।

‘चैतभित्र क्रियाशील सदस्य नवीकरण नभए १५औं महाधिवेशनमा भाग लिन पाइँदैन। चैत महिनाभित्र सबै भ्रातृ सङ्गठनको अधिवेशन गर्न पार्टीले निदेशन दिएको छ, सोहीअनुसार काममा लागौं’, उनले भने, ‘अब आम निर्वाचनमा कोही कसैसँग गठबन्धन हुँदैन । जो गठबन्धनको पक्षमा हुन्छ त्यो पार्टी सदस्य हँुदैन । त्यसले अहिलेदेखि नै पार्टी सङ्गठन मजबुत बनाउन आवश्यक छ।’

महामन्त्री थापाले वर्तमान सरकारले काम गर्न नसकेमा अर्को सरकारले सरकारबाट विकास र समृद्धिको यात्रा तय गर्न कठिन हुनेतर्फ सचेत हुनुपर्ने बताए। उनले भने, ‘अहिलेको सरकारलाई जनताको अपेक्षाविपरीत काम गर्ने छुट छैन । दुई ठुला पार्टी मिलेर बनेको सरकार भएकाले यसलाई तलमाथि हुन दिनुहुँदैन।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, चितवनका सचिव ध्रुव पोख्रेल, नगर सभापति गुणराज श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार