असार २८, २०८२ शनिबार July 12, 2025

संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्नेमा डा. कोइरालाको जोड

अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस, नेकपा (एमाले) सँगै नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दलसहित सरोकारवालासँग कुरा गरेर साझा दृष्टिकोण बनाएर मात्रै अघि बढ्नु पर्छ । निर्वाचन प्रणालीलाई संशोधन गर्नु पर्छ ।

१६५ सिट प्रत्यक्ष राखेर त्यसमै सबैको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनु पर्छ ।” उहाँले भूमिसम्बन्धी विधेयक, प्रहरीसम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यी विधेयकमा प्रश्न उठेका छन् । त्यसैले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जानुहुँदैन ।” उहाँले संसद् पुनस्र्थापनादेखि नेपाललाई शान्ति प्रक्रियामा अघि बढाउनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताउनुभयो । उहाँले अब कांग्रेस नेतृत्व परिवर्तनपछि देश नयाँ गतिमा अघि बढ्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार