असार २३, २०८२ सोमबार July 7, 2025

प्रतिनिधिसभाको बैठक पुनः सुरु

विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः सुरु भएको छ।

सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको हो।

सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताएका हुन्।

आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन्। त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार