असार २४, २०८२ मंगलबार July 8, 2025

स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० जना घाइते

बस ब्रेक फेल भई अनियन्त्रित हुँदा सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

आज बेलुका करिब ५ बजेको समयमा  शंखरापुर नगरपालिका वडा नं–५ कात्तिके स्थित साँखु, नगरकोट सडक खण्डमा बा २ ख ७९५८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनाका साथै ४० जना घाइते भएका र घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपील राज बोहोराले जानकारी दिनु भयो ।

बस सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकबाट फर्किएको थियो । बस ब्रेक फेल भई अनियन्त्रित हुँदा सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बोहोराले बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया