काठमाडौंः शिक्षा तथा मानवस्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहहरूलाई दिवा खाजाको विवरण उपलब्ध गराईदिने आग्रह गरेको छ ।
संघीय सरकारबाट सशर्त अनुदानको रकममा स्थानीय तह तथा अन्य सङ्घ/संस्थाबाट दिवा खाजा कार्यक्रममा रकम थप गर्ने गरेको जानकारी प्राप्त भएको भन्दै विवरण उपलब्ध गराउन आग्रह गेको हो ।
यस अघि विवरण अद्यावधिक गर्नका लागि माग गरिए पनि हालसम्म कतिपय स्थानीय तहबाट प्राप्त नभएकोले ७ दिनभित्र विवरण पठाउन भनिएको छ । विवरण पठाउँदा स्थानीय तहको नाम र ठेगाना, दिवा खाजाबाट लाभान्वित बालबालिका सङ्ख्या, दिवा खाजा वितरण भएको कक्षा, सङ्घीय अनुदानमा स्थानीय तहबाट भएको प्रति विद्यार्थी थप रकम र अन्य सङ्घ संस्थाबाट सहयोग भएको भए सोको विवरण उल्लेख गर्नुपर्ने छ ।
‘संघीय सरकारबाट सशर्त अनुदानको रूपमा वित्तीय हस्तान्तरण भई हाल विद्यालय तहका प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई दिवा खाजाको व्यवस्था भई आएको सन्दर्भमा धेरै स्थानीय तह तथा अन्य सङ्घ/संस्थाबाट दिवा खाजा कार्यक्रममा रकम थप गर्ने गरेको जानकारी प्राप्त भएको छ ।
सो सम्बन्धी विवरण अद्यावधिक गर्नका लागि माग गरिएको हुँदा हालसम्म पनि कतिपय स्थानीय तहबाट प्राप्त नभएकोले ७ दिनभित्र तपसिलको ढाँचामा यस केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाको इमेल ठेगानामा विवरण उपलब्ध गराईदिनुहुन अनुरोध छ’ सूचनामा भनिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया