असार २८, २०८२ शनिबार July 12, 2025

सङ्घर्षको जगमा समानताको मुद्दा स्थापित – उपमहासचिव पुन

विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र सङ्घर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले २०५२ साल फागुन १ मा माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षलाई इतिहासले स्वीकार गरिसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र सङ्घर्षकै जगमा भएको जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भएको छ । समानताको मुद्दा संविधानमा लिपिबद्ध भएको छ ।”

पुनले विचार तथा सिद्धान्त मिल्ने वामपन्थी शक्तिबीच चाँडै एकता हुनेसमेत बताउनुभयो । उहाँले आगामी २०८४ सालको निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेगरी तयारीमा जुटेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्यहरु समिता कार्की र दुर्गाजयन्ती राई, प्रदेश सदस्य टङ्क थापा, प्रदेश सदस्य एवं खोटेहाङ गाउँपालिका पार्टी सहइञ्चार्ज इन्द्र नाराथुङ्गेलगायतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा सहिद, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्तालगायतलाई सम्मान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया