असार २४, २०८२ मंगलबार July 8, 2025

खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण

विगत ५२ हप्तासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र सरसफाइ अभियानसमेत सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), २ फागुनः नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।

विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब रु १० लाखको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिनुभयो ।

बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिनुभयो । उहाँले विद्यार्थीले राजनीति मात्रै नभइ यस्तै रचनात्मक काम गर्ने समाजमा पनि राम्रो सन्देश प्रवाह हुने बताउनुभयो । अब राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव रहेको र देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिनेबारे साथीभाईलाई आस्वस्त पार्न उपप्रधानमन्त्री सिंहले विद्यार्थी सङ्गठनलाई आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकारात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गर्नुभयो । उहाँले राजनीतिभन्दा माथि उठेर विद्यार्थीले गरेको कामको सराहना गर्नुभयो ।

नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताउनुभयो । उहाँले विगत ५२ हप्तासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र सरसफाइ अभियानसमेत सञ्चालन गरिएको जानकारी दिनुभयो । “हामीले ४५ दिनसम्म रचनात्मक आन्दोलन गर्दा पनि क्याम्पसमा सुधार हुन सकेन, त्यसपछि विद्यार्थीबाटै रकम जुटाएर काम ग¥यौँ । अब आन्दोलन र तालाबन्दीभन्दा पनि रचनात्मक कामबाट परिवर्तन गर्नुपर्छ भनेर नेविसङ्घ लागेको छ,” उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार