असार २८, २०८२ शनिबार July 12, 2025

सहमतिमा अध्यादेश पारित गरिने एमाले महासचिव पोखरेलको दाबी

सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सबै राजनीतिक दलसँगको सहमतिमा अध्यादेश पारित गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलको सहयोगमा हालै जारी भएका अध्यादेश पारित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सदनको बैठक नभएकाले बाध्यात्मक परिस्थितिमा अध्यादेश जारी गर्नुपरेको स्पष्ट गर्दै महासचिव पोखरेलले देशको अर्थतन्त्रमा उत्पन्न समस्या समाधानका साथै अन्य राष्ट्रिय विषयलाई सम्बोधन गर्न अध्यादेश जारी गरिएको उहाँको कथन थियो ।

सरकारले हालै सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश जारी गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार