असार २३, २०८२ सोमबार July 7, 2025

आमखोलीमा विद्यार्थी बोकेको बस दुर्घटना

घाइते ६ जना विद्यार्थीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–४ आमखोलीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ।

आइतबार बेलुका ५:३० बजेतिर सु.प्र ०१००१ ख ३०५४ नम्बरको बस ब्रेक फेल भएर सडकबाट कम्तीमा १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस बाजुराबाट विद्यार्थी बोकेर पोखरा भ्रमणमा जान लागेको खुलेको प्रहरीको भनाइ छ।

दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएको र उनीहरू उद्धार गरेर स्थानीय स्वास्थ्य संस्थामा पठाइएको बताइएको छ। बसमा बाजुराको भानुदय माध्यामिक विद्यालयका विद्यार्थी सवार रहे पनि विस्तृत विवरण आउन बाँकि छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया