असार २८, २०८२ शनिबार July 12, 2025

‘मुलुकको समृद्धि एमालेको ध्येय’ : उपाध्यक्ष बादल

आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको संकल्प रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको समृद्धि नेकपा एमालेको ध्येय रहेको बताएका छन् ।

आज यहाँको गौशालामा पार्टीको जिल्ला स्तरीय तीन महिने वडा केन्द्रित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यसै ध्येयका लागि एमाले अहिले आधारभूत तहमै पार्टी सुदृढीकरण अभियानमा जुटेको बताए ।

आफ्नो दलसँग मुलुकको राष्ट्रिय स्वार्थ रक्षा र समृद्धिको संकल्प रहेको उनको भनाइ थियो । आगामी निर्वाचनमा एमालेले तीनै तहका सरकारको बहुमतका साथ नेतृत्व गर्न सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको घर आँगन पुग्न परिचालित गरेको थापाले बताए ।

“हामी जनतासँग एकाकार हुँदै अघि बढ्न निरन्तर अभियानमा छौँ” थापाले भने, “सम्पूर्ण पार्टी पङ्क्ति अहिले जनसम्बन्ध विस्तारमा जुट्नुहोस् ।”

कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी केन्द्रीय स.गठन विभागका सचिव माधव ढुंगेलसहितका नेताले अहिलेको तीन महिने अभियानबारे प्रकाश पारे ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य रामदलाल मण्डल, केन्द्रीय कमिटी सदस्य सरोजकुमार यादव र केन्द्रीय अनुशासन विभागका सदस्य दुर्गा दाहालसहितको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार