मंग्सिर १, २०८२ सोमबार November 17, 2025

जिरा र खाने तेलको मूल्य घट्यो

प्रतिकेजी एक हजार एक सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा दुई सय रुपियाँ घटेर नौ सय रुपियाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ फागुन  । पछिल्लो चार/पाँच महिनामा जिरा र खानेतेलको मूल्य घटेको छ ।

गत असोज र कात्तिकमा प्रतिकेजी आठ सय रुपियाँमा कारोबार भएको गेडा जिरा २५० रुपियाँसम्म कममा कारोबार भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ ।

सो अवधिमा प्रतिकेजी एक हजार एक सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा दुई सय रुपियाँ घटेर नौ सय रुपियाँमा कारोबार भएको सङ्घले जनाएको छ ।

त्यस्तै यस अवधिमा सन फ्लावर तेल प्रतिलिटर मूल्य १० रुपियाँ घटेको छ । सङ्घका अनुसार सो अवधिमा बजारमा सन फ्लावर तेल प्रतिलिटर मूल्य २५५ रुपियाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिलिटर २४५ रुपियाँमा बिक्री भइरहेको छ । त्यस्तै भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपियाँ, काँचो तोरीको तेल २४५ देखि ३२५ रुपियाँ र भटमासको तेल २५० रुपियाँमा कारोबार भएको थियो । यस्तै सो अवधिमा कालो भटमासको मूल्य १० प्रतिकेजी रुपियाँले घटेर २५० रुपियाँ भएको छ । ज्वानोको मूल्य प्रतिकेजी ५० घटेर ४५० रुपियाँ कायम भएको छ ।

गत असोज/कात्तिकमा २६० रुपियाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य दुई सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको सङ्घले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार