असार २३, २०८२ सोमबार July 7, 2025

एसईई नतिजा तयारी पूरा, बोर्ड बैठकको पर्खाइमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक कक्षा १० का नियन्त्रक रामराज खकुरेलले नतिजा प्रकाशनको काम पूरा भएको जानकारी बोर्डलाई जानकारी गराएका छन्।

बोर्ड बैठक बसेर निर्णय गरेपछि मात्र नतिजा प्रकाशन हुनेछ। योपटक सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर विद्यार्थीको नतिजा बोर्डमा पठाएका थिए। स्कुलले पठाएको नतिजालाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो। बोर्डका अनुसार एसईईमा सहभागी हुन ४ लाख ८२ हजारले फाराम भरेका थिए। तर कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि सम्बन्धित स्कुलले नै मूल्यांकन गरेर नतिजा दिन व्यवस्था गरिएको हो।

बोर्डमा जानकारी गराएपनि कहिले बैठक बस्ने भन्ने निर्क्यौल भएको छैन। बिगतमा तयारी पूरा हुने बित्तिकै नतिजा सार्वजनिक गर्ने चलन थियो। तर यस पटक स्कुल आफैले मूल्यांकन गरेको नतिजालाई प्रमाणीकरणका लागि मात्रै बोर्डमा पठाएकोले नतिजा कस्तो आउने हो भन्ने कौतुहलता छैन। खकुरेलले भने, ‘आज सार्वजनिक हुने सम्भावना कम छ। भोलि गाइजात्राको दिन पनि नतिजा आउने सम्भावना छैन। पर्सितिर मात्रै सार्वजनिक हुन्छ कि रु ’ यो खबर आजको अन्नपुर्ण पोस्टले उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार