काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दाहाल निर्वाचित भएका छन् । सोमबार सम्पन्न प्रथम प्रदेश अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।
दाहालको नेतृत्वमा गोविन्द नेपाली र राजु श्रेष्ठ उपाध्यक्ष, एलपी श्रेष्ठ सचिव तथा नानिराम चौलागाई, निरू खरेल र दिपक धनुके उपसचिव निर्वाचित भएका छन् ।
अधिवेशनले १८६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया