असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेसले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने

सातवटै प्रदेशमा कार्यक्रम हुने गरी फागुन ९ देखि २१ गतेसम्म अभियान सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आमजनमानसमा पार्टीले गरेका सकारात्मक काम तथा त्यसबाट देशमा भएका परिवर्तनबारे ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सुरु गर्ने भएको छ ।

आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विभागले पत्रकार सम्मेलन गरी ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने तयारी रहेको बताएको हो ।

विभागले देशका सातवटै प्रदेशमा कार्यक्रम हुने गरी फागुन ९ देखि २१ गतेसम्म अभियान सञ्चालन हुने जानकारी दिएको छ ।

जसमा पहिलो दिन ९ गते कोशीको विराटनगर, १० गते मधेसको जनकपुरधाम, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम हुने त्यस अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सम्बन्धित प्रदेशका काँग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश सभाका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रचार विभाग प्रमुखको सहभागिता रहनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार