चैत्र २, २०८१ शनिबार March 15, 2025

फेसबुक लाइभ भिडियोहरू तीस दिनमै डिलिट हुने

अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।

फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।

यसअघि यस्ता भिडियोहरू अनिश्चित कालसम्म भण्डारण हुन्थ्यो । यो नयाँ व्यवस्था बुधवारदेखि लागु हुनेछ ।

फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन् ।

फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ ।

‘तपाईँको सङ्ग्रहित लाइभ भिडियोहरू मेटिनु अघि, तपाईँलाई इमेल र एपमार्फत सूचित गरिनेछ, र त्यसपछि सामग्री डाउनलोड गर्न वा स्थानान्तरण गर्न तपाईँलाई ९० दिनको समय दिइनेछ,’ फेसबुक भनेको छ ।

यसरी धेरै नहेरिने भिडियो मेट्दा फेसबुकसँग ठूलो मात्रामा सर्भर र स्पेस बचत हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया