मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक

प्रहरीदेखि अधिकारकर्मी संस्थासम्म एउटै एपबाट उजुरी गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसाका पीडितलाई सहज रूपमा उजुरी दिन र न्यायमा पहुँच बढाउने उद्देश्यले ‘साझा सुरक्षा’ मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।

श्लिषा संस्थाले निर्माण गरेको उक्त एप शुक्रबार सरकारी तथा गैरसरकारी निकायका सरोकारवालाबीच सार्वजनिक गरिएको हो । एपमार्फत हिंसा पीडितले छिटो, सजिलो र प्रभावकारी रूपमा उजुरी दिनुका साथै परामर्श सेवा पनि लिन सक्नेछन् ।

एपमा प्रहरी तथा अधिकारकर्मी संस्थालाई एकैपटक उजुरी दिन सकिने सुविधा राखिएको छ । त्यस्तै, दर्ता गरिएको उजुरीको कार्यान्वयन अवस्था अनलाइनमार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको श्लिषाले जनाएको छ ।

श्लिषाकी संस्थापक निर्देशक संगिता श्रेष्ठले लैंगिक हिंसाजन्य घटनाको न्यूनीकरण गर्दै सुरक्षित, सम्मानजनक र भयमुक्त समाज निर्माण गर्ने उद्देश्यले एप विकास गरिएको बताइन् ।

‘कुनै प्रकारका लैंगिक हिंसाजन्य घटनाको न्यूनीकरण गर्दै सुरक्षित, सम्मानजनक र भयमुक्त समाज निर्माण गर्ने उद्देश्यले साझा सुरक्षा विशेष मोबाइल एप विकास गरेर सञ्चालनमा ल्याएका हौं,’ उनले भनिन् ।

उनले महिला तथा बालबालिकामाथि हुने हिंसा, यौन दुव्र्यवहार, शोषण, उत्पीडन तथा अन्य लैंगिक हिंसाजन्य घटनाको न्यूनीकरणमा एपको उपयोग गर्न सबैलाई आग्रह गरिन् ।

एप व्यक्तिगत रूपमा निःशुल्क प्रयोग गर्न सकिने संस्थाले जनाएको छ । संस्थागत रूपमा प्रयोग गर्न भने न्यूनतम शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको श्लिषाका कार्यक्रम निर्देशक शिरिस श्रेष्ठले बताए ।

नेपाली, अंग्रेजी र भोजपुरी भाषामा उपलब्ध एपमार्फत २४ घण्टा उजुरी गर्न सकिनेछ । पीडितले एउटै प्लेटफर्मबाट प्रहरी, सम्बन्धित संस्था तथा अन्य सरोकारवाला निकायमा एकैपटक उजुरी दिन सक्नेछन् ।

उजुरी प्राप्त भएपछि त्यसको कार्यान्वयन अवस्थाबारे जवाफ पठाउने र पीडितले आफ्नो मुद्दाको अवस्थाबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको निर्देशक श्रेष्ठले बताए ।

एपमा न्यायिक तथा मनोसामाजिक परामर्श सेवा आदानप्रदान गर्न सकिने सुविधा पनि राखिएको छ । ग्रामीण क्षेत्रका हिंसा पीडितले समेत सुरक्षित रूपमा उजुरी दिन सक्ने गरी एप तयार पारिएको संस्थाको भनाइ छ ।

एपको डाटा सुरक्षालाई ध्यानमा राखेर सूचना प्रविष्टिदेखि भण्डारणसम्म सुरक्षित राख्ने व्यवस्था गरिएको श्लिषाले दाबी गरेको छ । संस्थाका अनुसार एप विदेशबाट डाउनलोड गर्न नमिल्ने गरी तयार पारिएको छ । एप सञ्चालनमा ल्याउनुअघि नेपाल प्रहरी, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, विभिन्न सरोकारवाला संघसंस्था र सञ्चारमाध्यमका प्रतिनिधिबीच यसको सञ्चालन, सुरक्षा तथा उपयोगिताबारे अभिमुखीकरण गरिएको श्लिषाका कार्यक्रम म्यानेजर महेश बस्नेतले जानकारी दिए ।

नेपालमा मात्रै नभई विश्वव्यापी रूपमा विस्तार गर्ने योजनासहित विकास गरिएको ‘साझा सुरक्षा’ एप हिंसा पीडितलाई उजुरी र न्यायिक प्रक्रियामा सहज पहुँच प्रदान गर्ने माध्यम बन्ने संस्थाको अपेक्षा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुर्माका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित
२०८३ मंग्सिर १३, आइतबार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
२०८३ मंग्सिर १३, आइतबार
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
२०८३ मंग्सिर १३, आइतबार
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु
२०८३ मंग्सिर १३, आइतबार
हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओ प्रमुखको आग्रह
२०८३ मंग्सिर १३, आइतबार
प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै रास्वपा कार्यालयमा पत्रकारको धर्ना
२०८३ मंग्सिर १३, आइतबार