मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै रास्वपा कार्यालयमा पत्रकारको धर्ना

भिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।
रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्नाआइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारहरूले सांकेतिक धर्ना दिएका हुन् ।

धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने, सूचनामा अंकुश लगाउने र पत्रकारलाई पक्राउ गर्ने काम गरिरहेको आरोप लगाइन् । उनले प्रेस काउन्सिलसम्बन्धी संशोधन अध्यादेशमार्फत पत्रकारको लेख्ने अधिकारसमेत खोस्न खोजिएको बताइन् ।

संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकारमाथि प्रहार हुने गरी सरकारले कानुनी व्यवस्था ल्याएको उनको आरोप छ । अध्यक्ष शर्माले सरकार गठन भएको आठ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै सरकारलाई समर्थन गर्ने दलको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको स्पष्ट पारिन् ।

महासंघले अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुर्माका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित
२०८३ मंग्सिर १३, आइतबार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
२०८३ मंग्सिर १३, आइतबार
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
२०८३ मंग्सिर १३, आइतबार
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु
२०८३ मंग्सिर १३, आइतबार
हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओ प्रमुखको आग्रह
२०८३ मंग्सिर १३, आइतबार
प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै रास्वपा कार्यालयमा पत्रकारको धर्ना
२०८३ मंग्सिर १३, आइतबार