मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु

मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । यही मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ ।

पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिनुभयो ।

पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उहाँले बताउनुभयो । पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ ।  भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।

मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्नेको घुइँचो लाग्ने गर्छ । पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेको भीड लाग्ने गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुर्माका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित
२०८३ मंग्सिर १३, आइतबार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पु-याउँदै याङवरक
२०८३ मंग्सिर १३, आइतबार
नवजात शिशुको मृत्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
२०८३ मंग्सिर १३, आइतबार
पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी शुरु
२०८३ मंग्सिर १३, आइतबार
हिंसा पीडितलाई न्यायमा पहुँच सहज बनाउन ‘साझा सुरक्षा’ एप सार्वजनिक
२०८३ मंग्सिर १३, आइतबार
क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई डब्ल्यूएचओ प्रमुखको आग्रह
२०८३ मंग्सिर १३, आइतबार
प्रेस स्वतन्त्रता र श्रम अधिकारको माग गर्दै रास्वपा कार्यालयमा पत्रकारको धर्ना
२०८३ मंग्सिर १३, आइतबार